FAQs Complain Problems

समाचार

शाखागत जिम्मेवारी

विदुर नगरपालिका कार्यालय
शाखा/प्रमुखहरुको काम, कर्तव्य र जिम्मेवारीहरु

योजना तथा प्रा्राबिधिक शाखा

  • नगरपालिका भित्र संचालित आयोजना परियोजनाहरुको समन्वय गर्ने ।
  • आफु मातहतका इकाईहरुको कार्यको गुणस्तरियता कायम गर्न नियमित रुपमा अनुगमन र सुपरिवेक्षण गर्ने ।
  • सहयोगी कर्मचारीहरुको कार्यसम्पादनको नियमित लेखाजोखा गरी आवश्यक सुधारका लागि सदा प्रयत्नशिल रहने ।
  • नगरपालिकाले संचालन गर्ने योजनाहरुको पहिचान गरी नगरपालिका मार्फत परिषद समक्ष पेश गर्ने मस्यौदा तयार गर्न शाखा प्रमुखलाई सहयोग पुर्याउने ।
  • नियमानुसार प्रगतिवेदनहरु त्यार गर्न लगार्य यथास्थानमा समयमै उपलव्धताका लागि आवश्यक कार्यहरु गर्ने गराउने ।
  • विकास निर्माणका कार्यको अनुगमन प्रणाली विकास गर्न गराउने ।
  • आयोजनाको प्रभावकारी कार्यन्वयन र निर्धारित समयमा नै सम्पन्न गराउने कार्यको निरन्तर रुपमा अनुगमन र सुपरिवेक्षण गरी वस्तु स्थितीको प्रतिवेदन प्राप्त गरी आफ्नो राय सहित कार्यकारी अधिकृत समक्ष पेश गर्ने ।
  • पूर्व योजना तर्जुमा, विषयगत योजना तर्जुमा, एकिकृत योजना तर्जुमा, गोष्ठी, बैठकको आयोजना र संचालन सम्बन्धी कामहरुमा सहयोग पुर्याउने ।
  • आवधिक तथा वार्षिक नगरपालिका योजना तर्जुमा सम्बन्धि कार्यमा सहयोग पुर्याउने ।
  • नगरपालिकाले संचालन गर्ने योजनाहरुको सूचि तयार गरी आफनो एचयाभककष्यलब िक्ष्लउगतक सहित पेश गर्ने ।
  • नगरपालिकाबाट संचालन हुने योजना तथा कार्यक्रमको लागि आवश्यक कागजात व्यवस्था गर्ने र सम्झौता गर्न सहयोग पुरयाउने ।
  • नियमानुसार प्रगति प्रतिवेदनहरु तयार गर्न लगाई यथास्थानमा समयमै उपलव्धताका लागि आवश्यक कार्यहरु गर्ने गराउने ।
  • वार्षिक योजना तर्जुमा प्रारम्भिक कार्य गर्ने। मस्यौदा तयार गर्ने ।
  • आयोजना तथा कार्यक्रमको अनुगमन र मूल्यांकन निर्देशिका र सूचकहरु ब्नाउन सहयोग गर्ने ।
  • आयोजनाको प्रभावकारी कार्यान्वयन र निर्धारित समयमै सम्पन्न गराउन निरन्तर रुपमा अनुगमन र सुपरिवेक्षण गरी वस्तु स्थितीको प्रतिवेदन पप्त गरी आफ्नो राय सहित कार्यकारी अधिकृत समक्ष पेश गर्ने ।
  • प्रमुख आयोजना र कार्यक्रमहरुको परिमाणात्मक तथा गुणात्मक सूचकहरु ीनर्धारण गर्ने ।
  • योजना संचालन सम्बन्धि कार्यतालिका बनाई सो को अनुगमन गर्ने गराउने
  • सुपरिवेक्षण तथा अनुगमन सम्बन्धि आवश्यक समन्वय गर्ने गराउने र प्रतिवेदन अभिलेखिकरण गराउने ।
  • पूर्व संचालित योजनाहरुको मर्मत सम्भार गर्नु पर्ने भए सोको आवधिक लागत तयार गरी गर्न लगाई कार्यकारी अधिकृत समक्ष पेश गर्ने ।
  • कार्यक्रमहरुको बाािर्षक समिक्षा गराई प्राप्त सुझावहरुको कार्यान्वयन गराउन पेश गर्ने ।
  • नगरपालिकाको छाता भित्र संचालित आयोजना÷परियोजना हरुको समन्वयकर्ताको रुपमा काम गर्ने ।

प्रशासन शाखा

  • वाहिरबाट आएका पत्रहरुका सम्बन्धमा आवश्यक कारवाहीको लागि पेश गर्ने ।
  • सिफारिससंग सम्बन्धित सम्पूर्ण आवश्यक कार्यहरु गरी सिफारिसका लागी पेश गर्ने
  • शाखासंग सम्बन्धित अभिलेखहरु अद्यावधिक गरिराख्ने ।
  • आगन्तुक पुस्तिका राख्ने र आगन्तुक विचार संग्रह गर्ने ।
  • कार्यालयको सुरक्षाको लागी पालो पहरा मिलाउने ।
  • कर्मचारीहरुको नियुक्ती सरुवा बढूवा अवकास , राजीनामा सम्बन्धि प्रक्रियागत कार्यहरु गर्ने ।
  • नयां नियुक्ती पाएका कर्मचारहिरुलार्य कार्य विवरण तयार गरी उपलव्ध गराई सोही अनुसार काममा लगाउने सम्बन्धमा निर्देशन भए अनुसार आवरुश्यक कार्यहरु गर्ने ।
  • निर्णय भएअनुसार कर्मचारी माथि कारवाही चलाउने सम्बन्धि कार्य गर्ने ।
  • कर्मचारहिरुको हाजिरी विदा, आदीको कार्य गर्ने ।
  • कर्मचारहिरुको व्यक्तिगत विवरण अद्यावधिक राख्ने ।
  • कर्मचारीहरुको कार्यसम्पादन मूल्यांकन फारम समयमा नै भर्न लगाउने व्यवस्थाका लगि आवश्यक कार्यहरु गर्ने ।
  • कर्मचारीहरको लागि प्रोत्साहन, पुरस्कारको लागि सिफारिस सम्बन्धि आवश्यक कार्य निर्देशन भए अनुसार गर्ने ।
  • नियमित कर्मचारी बैठकका लागि आवश्यक कार्य हरु गर्ने ।
  • कार्यकारी अधिकृतको निर्देशनमा अन्य कामहरु गर्ने गराउने ।
  • विभिन्न उजुरीहरुको छानविन गरी किनारा लगाउन पेश गर्ने । नगरपालिकामा पर्न आएका विभिन्न मुद्धामामिला उजुरीका विषयमा मिलात्र गराउने नभए राय साथ सम्बनिधत निकायमा पठाउने ।

आन्तरिक लेखेखापरीक्षण उपशाखा

  • आय व्यय र धरौटीो स्रेस्ताको मासिक रुपमा लेखापरीक्षण गर्ने
  • नगरपालिका कोषबाट रकम प्रवाह भएको बिषयगत शाखाको आन्तरिक लेखापरीक्षण गर्ने
  • आन्तरिक लेखापरीक्षणबाट देखिएका त्रुटिहरु लेखापरीक्षण कार्य सम्पन्न गरेको पन्ध्र दिनभित्र कार्यकारी अधिकृत समक्ष प्रतिवेदन पेश गर्ने
  • आन्तरिक लेखापरीक्षण गर्दा कुनै गम्भीर प्रकारका आर्थिक अनियमितता र रकम हिनामिना भएको देखिएमा तुरुन्त प्रतिवेदन गरी प्राप्त निर्देशन अनुसार गर्ने
  • अन्तिम लेखापरीक्षण गर्नुअघि आन्तरिक लेखापरीक्षणबाट औँल्याएको बेरुजु र तत्सम्बन्धमा भएको कारवाही र शाखाको धारणा अन्तिम लेखापरीक्षक समक्ष लिखित रुपमा पेश गर्ने
  • अन्तिम लेखापरीक्षणको लागि श्रेस्ता तयारी राख्न सहयोग पु¥याउने
  • नगरपालिकाले गरेका खर्चहरुको मासिक रुपमा आन्तरिक लेखापरीक्षण गर्ने ।
  • राजश्व सम्बन्धिको लेखा परिक्षणगर्ने ।
  • अन्तिम लेखापरीक्षणबाट देखिएका बेरुजुहरु नियमित गर्नु पर्ने भए सो सम्बन्धित काम गर्ने ।

सामाजिक विकास शाखा

  • नगर भित्रका महिला र बालबालिकाहरुका हक अधिकार र उन्नतिका लागि विभिन्न निकाय संघ संस्थाहरुसंग संस्थागत समन्वय र सम्बन्ध विकास गरी प्रभावकारीता अभिबृद्धि एवं गुणस्तरियता कायम गर्न सघाउने ।
  • सामाजिक विकास क्षेत्रसंग सम्बन्धीत कार्यक्रम योजनाहरुको सहभागितात्मक पद्धती अपनाई संयोजना, कार्यान्वयन, सुधार एवं संस्थागत विकास सम्बन्धी कार्यहरु गर्ने
  • महिला विकास का लागि सामुदायिक विकास कार्यक्रम, क्रृण तथा बचत परिचालन, स्थानिय प्रविधीको विकास र प्रयोग सम्भाव्य योजनाहरुको पहिचान, सिपमुलक एवं रोजगारमुलकतालिमको व्यवस्था आदी कार्यक्रमहरु कार्यान्वयनका लागि पहल गर्ने र सोको लागि आवश्यक
  • नीति कार्ययोजना निर्देशिका तयार गर्ने ।
  • नगरपालिका गठन भएका टोल विकास समितिको काम कारवाहीरुलाई व्यवस्थित गर्न सहयोगगर्ने ।
  • सामाजिक विकाससंग सम्बन्धीत योजना तथा कार्यक्रमहरुको सम्पर्क इकाईको भूमिका निर्वाह गर्ने ।
  • स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम  सम्बन्धित कार्यहरु गर्ने ।
  • नगरपालिका अन्तर्गत रहेका स्वयसेविकाहरु संग सम्वन्वय गरी निजहरु लाई परिचालन गर्ने ।

सूचना तथा अभिलेखेख शाखा

  • स्थानिय स्वायत्त शासन ऐन २०५५ को दफा २१२ अनुसार सूचना तथा अभिलेख केन्द्र स्थापना गरी सूचनाको संकलन, निरन्तर प्रवाह, अभिलेख पद्धतिलाई संस्थागत गर्ने र एकद्धार प्रणालीको माध्यमबाट प्रकाशन कार्यहरु व्यवस्थ ागर्ने ।
  • विभिन्न वस्तुगत विवरण तथा नक्साहरु ःगलष्अष्उबष्तिथ एचयाष्भि, तयार गर्ने र त्यसलाई आवश्यकता अनुसार प्रशोधन र अद्यावधिक गर्दै जाने ।
  • भौगोलिक सूचना प्रणालीलाई व्यवस्थित योजनाको प्राथमिकरणमा यसको उपयोग गर्दै दिगो विकासको लागि सहयोग गर्ने ।
  • विभिन्न निकायहरुबाट भएका प्रकाशनहरु, विकास, सम्बन्धी अध्ययन प्रतिवेदनहरु, अनुसन्धानहरु, अडिट रिर्पोटहरु कार्य प्रगती विवरणहरुको संकलन, नगरपालिकाबाट प्रकाशित सुचना र तथ्यांकहरु तथा नगरको विविध विषयमा जानकारी दिनेृ ।
  • सामागी्रहरु संकलन गरी बाचनालयको व्यवस्था गरी सूचना प्रवाहलाई शशक्त एवं व्यवस्थित तुल्याउने ।
  • नगरपालिकाबाट गरिने प्रकाशनहरुको निम्ति सूचना संकलन, प्रशोधन, लेख रचना, बुलेटिन, बस्तुगत विवरण र समाचारमुलक सामाग्रहरुको सम्पादन गर िप्रकाशन कार्यको नेतृत्व लिने ।
  • कार्यालयको आन्तरिक तथा वाह्रय सूचना प्रवाहलाई छिटो छरितो र भरपर्दो तुल्याउन आवश्यक कार्यहरु गर्ने ।
  • नगरपालिकाको कार्यसम्पादन स्थिती झल्कीने गरी सूचना र विवरणहरु नियमित रुपमा संकलन तथा प्रकाशनको व्यवस्था मिलाउने ।
  • नगरपालिकाअन्तर्गत सूचना र तथ्यांकहरु क्षेत्रगत निकाय तथा माग गर्ने व्यक्ति र संस्थाहरुलाई सशुल्क वा निशुल्क रुपमा उपलव्ध गराउने
  • जिल्ला विकास समितिको प्रगति विवरण कम्प्युटरमा प्रविष्ट गरी राख्ने र आवश्यकता अनुसार प्रयोग गर्ने व्यवस्था मिलाउने ।
  • नागरिक वडापत्र ९ ऋष्तष्शभल ऋजबचतभच० तयार गर्ने र नगरपालिकाको मुख्य मुख्य कामहरु बारेको सूचना वोर्ड तयार गरी राख्ने व्यवस्था मिलाउने
  • नगरपालिकाको संचार प्रविधिको विकासमा प्रवद्र्धन गर्दै भ्mबष्,ि क्ष्लतभचलभत, धभदउबनभ ज्यकतष्लन, ँबह, त्भभिउजयलभ क्ष्लतभचअयm क्थकतझ, एजयतयअयउथ, इज्ए आदीको व्यवस्थापन तथा सुदृढिकरण गर्दै लैजानको लागि व्यवस्था मिलाउने ।
  • सूचना प्रवाह गर्ने माध्यमहरुमा ब्रश्चर, होनिंग बोर्ड, सूचनापाटीमा सूचनाको व्यवस्था, विभिन्न पत्रपत्रिकामा नगरपालिकाको गतिविधी प्रदान गर्ने, स्थानिय रेडियो कार्यक्रमको संचालन जस्ताकार्यहरुबाट जनतालाई सूसुचित गर्ने अवसर प्रदान गर्ने ।
  • कार्यालय प्रमुखले तोकिएका अन्य कार्यहरु गर्ने ।

राजश्व उपशाखा

  • राजस्वको वार्षिक अनुमान गर्ने र सोको प्रतिवेदन आर्थिक प्रशासन शाखामा पेश गर्ने ।
  • ऐन नियमानुसार राजस्व सम्बन्धि अभिलेख अद्यावधिक रुपमा राख्ने ।
  • समायमा नै राजस्व संकलन गर्ने गराउने ।
  • राजस्व सम्बन्धि रसिद वितरण एवं नियन्त्रण गर्ने ।
  • धरौटी सम्बन्धि रसिद वितरण एवं नियन्त्रण गर्ने ।
  • प्राप्त भएको दैनिक आम्दानी बुझ्ने तथा रेकर्ड राख्ने ।
  • नियमानुसार धरौटी फिर्ता, मिनाहाको सिफारिस गर्ने ।
  • बांकी बक्यौता कर असुल गर्ने र समयमा नै बांकी बकौता असुल गर्न पत्राचार गर्ने ।
  • निर्णय भए अनुसार दण्ड जरिवाना शुल्क दस्तुर असुल गर्ने ।
  • कर असुली प्रक्रियालाई प्रभावकारी बनाउन शाखागत समन्वय कायम गर्ने ।
  • नियम अनुसार उठाउनुपर्ने कर तथा शुल्क आदीमा चुहावट हुन नदिन नियन्त्रणको लागि कार्यकारी अधिकृत समक्ष पेश गर्ने ।
  • कर तथा असुली सम्बन्धमा नितिगत समस्याहरु भए आफ्नो राय सहित निर्णयार्थ स्थानिय विकास अधिकारी समक्ष पेश गर्ने ।
  • ऐनमा व्यवस्था भए अनुसारको करहरु उठाउने र सोको रेकर्ड दुरुस्त राख्ने ।
  • प्राप्त धरौटी रकम जांच गरी बैंक भौचरको आधारमा भौचर खडा गर िआम्दानी बांध्ने ।
  • अन्य दैनिक आम्दानीका रेकर्ड खाताहरु, रजिष्टरहरु, अद्यावधिक राख्ने ।
  • जिन्सीबाट प्राप्त नगरी रसिद नियन्त्रण खातामा चढाउने ।
  • मासिक आम्दानीको विवरण तयार गरी लेखा उपशाखामा पठाउने ।
  • कार्यकारी अधिकृतको निर्देशनमा अन्य काम गर्ने ।

लेखा शाखा

  • नगरपालिकाको बैठक सम्बन्धि जानकारी एजेण्डा सहित समयमै लिखित रुपमा सदस्यहरुलाई पठाउने ।
  • कार्यकारी अधिकृत) को आदेश अनुसार नगरपालिका, नगर परिषद् तथा विभिन्न विषयगत समिति एवं अन्य समितिहरुको बैठकको माइन्यूटिंग गर्ने वा निर्णय उतार गर्ने र कार्यान्वयनको लागि पेश गर्ने ।
  • विभिन्न बैठकका निर्णय पुस्तिकाहरु सुरक्षित राख्ने ।
  • वैठकका निर्णयहरु नेपाल सरकार तथा सम्बन्धित निकायहरु, नगरपालिकाका सदस्यहरु, शाखाहरु तथा अन्य सम्बन्धित निकाय र व्यक्तिहरुलाई समयमा उवलव्ध गराउने ।
  • जिन्सी शाखाबाट प्राप्त विलहरु जंच गरी भौचर उठाई चेक बनाउने कार्य योजना शाखा तथा प्राविधिकहरुबाट प्राप्त निर्माण सम्बन्धि विल एम.वि. जांच गरी भौचर उठाई चेक तयार गर्ने
  • कार्य र भौचरहरु सम्बनिधत फामहरुमा पोष्टिंग गर्ने कार्यहरु ।
  • आयोजना सम्बन्धि निकासा, पेश्की आदीको कार्य उपभोक्ता समितिबाट खर्च गरिएको रकमको विल, भर्पाई बुझ्ने, जांच्ने, नियम बमोजिम कारवाही चलाउने कार्य, जिविसको बैठकबाट भएका अर्थ सम्वन्धि निर्णयहरुको कार्यान्वयन सम्बन्धि कार्यहरु ।
  • भत्ता, पारिश्रमिक तथा कर्मचारीहरुको मासिक तलब सम्बन्धि कार्य, चौमाशिक निकास मागगर्ने र नियमानुसार खर्च गर्ने र सोको मास्केवारी तयार गरी नियमित रुपमा सम्बन्धित निकायमा पठाउने कार्य साथै पुरानो पेश्की बांकी रहेको असुल उपर था फछ्र्यौट सम्बन्धिकार्य ।
  • स्थानिय स्वायत्त शासन ऐन २०५५ को दफा १८९ को उपदफा १ (घ) (५) बमोजिम (घ) श्रेणीको ठेक्दारको इजाजत दिने, खारेज गर्ने र नविकरण गर्ने कार्यमा सहयोग ।
  • लेखापरिक्षणबाट प्राप्त हुन आएका बेरुजुहरु नियमित गर्ने असुलउपर गर्नु पर्ने भए असुलउपर गरी बेरुजु फछ्र्यौट गर्न गराउन आवश्यक कारवाही सम्बन्धि कार्य, नियमित रुपमा आन्तरिक लेखा परिक्षण गराउने । आन्तरिक लेखापरीक्षणबाट प्राप्त बेरुजु फछ्यौट गर्न आवश्यक
  • कारवाही उठाउने तथा अन्तिम लेखापरिक्षणको लागि कागजात तयार गर्ने र बेरुजु सम्परिक्षणगराउने कार्य ।
  • एक आर्थिक वर्षको अन्त पछि अर्को आर्थिक वर्षको लागि पेश्की, बैंक मौज्दात, कर्मचारीसंचयकोष, उपचार खर्च, धरौटी आदीको जिम्मेवारी सार्ने ।
  • कर्यकारी अधिकृतको निर्देशनमा रहि अन्य कार्यहरु गर्ने ।
  • टेलिफोत, विद्युत, पानी महशुल समयमा बुभाmउने व्यवस्था गर्ने ।

जिन्सी शाखा

  • प्रत्येक शाखा तथा इकाईबाट स्विकृती बाट माग फारम अनुसार माग भई आएको जिन्सी सामान मौज्दातमा भए उपलव्ध गराउने मौज्दात नभए आवश्यक प्रक्रिया पुर्याई बजारबाट खरिद गरी उपलव्ध गराउने ।
  • खर्च भई जाने जिन्सी सामान र खर्च भई नजाने जिन्सी सामानको बेग्ला बेग्लै रजिष्टर खडागर्ने कार्यकारी अधिकृतबाट प्रमाणित गराउने ।
  • कार्यालयको चल अचल सम्पत्तिको संरक्षण, सम्बद्र्धन, सुरक्षा र प्रयोग सम्बन्धी आवश्यकव्यवस्था मिलाउने ।
  • कार्यालयलाई आवश्यक पर्ने जिन्सी सामानहरुको खरिद, दाखिला र प्रयोग सम्बन्धी व्यवस्थामिलाउने ।
  • कार्यालयमा रहेका र खरिद हस्तान्तरणबारे आवश्यक प्रक्रिया पुरा गरी गराई उपलव्ध गराउने।
  • नगरपालिकाको कार्यालयबाट विभिन्न योजना तथा कार्यक्रमको लागि खरिद हुने तथा वस्तुगतसहायता अन्तर्गत प्राप्त हुने निर्माण सामाग्रीहरु (जस्तापाता, स्टिल पार्टस, तारजाली,सिमेन्ट,छड, खानेपानीका धारा, पाइप र फिटिंगका सामान, ह्युमपाइप, विजुलीको पोल आदी)
  • नियमानुसार खरिद दाखिला र हस्तान्तरण गरी लगत अद्यावधिक गर्ने ।
  • विकास निर्माण कार्यका लगि आवश्यक पर्ने विष्फोटक पदार्थको खरिद, दाखिला तथा प्राविधिकसिफारिस अनुसार सम्बन्धित योजनामा उपलव्ध गराउन आवश्यक लेखापढीगरी आम्दानीखर्चको लगत अद्यावधिक गर्ने ।
  • जिन्सी निरिक्षणबाट लिलाम विक्रि गर्न उपयुक्त ठहर्याईएका जिन्सी सामानहरुको छुट्टै लगततयार गर ितोकिएको कार्यविधी पुरा गरी लिलाम विक्री गर्ने गराउने ।
  • लिलाम विक्री हुन नसकी मिन्हा तर्फ कारवाही चलाउन पर्ने स्थितीमा रहेका तथा मिन्हा दिनउपयुक्त हुने भनी ठहर्याइएका जिन्सी मालसामानहरुको परिमाण, मुल्य, अवस्था र आधारकारण खोली आवश्यक प्रक्रिया पुरा गरी सिफायिरस साथ मिन्हाको निम्ति पेश गर्ने ।
  • लिलाम विक्रि, हस्तान्तरण र मिन्हा भई गएका मालसामानहरुको लगत कट्टा गरी विवरणअद्यावधिक गर्ने ।
  • राष्ट्रिय पर्व, उत्सव, महोत्सव आदीमा कार्यालयको तर्फबाट गर्नु पर्ने आवश्यक व्यवस्थापकियकार्यहरु गर्ने ।
  • कर्मचारीहरु रमाना भई जांदा जिन्सी मालसामानहरुको बरबुझारथ गर्ने गराउने ।
  • स्वामित्व र हकभोगमा रहेकोजग्गा जमिन भित्रको काठ, दाउरा, घांस खर आदीको नियमानुसारविक्रि वितरणका व्यवस्थ ागर्ने ।
  • खरिद गरी वा वस्तुगत सहायता वा कुनै पनि प्रकारबाट आएका मालसामान प्राप्त भएकामितिले तिन दिन भित्र आम्दानी बाध्ने ।
  • कार्यकारी अधिकृतको निर्देशनमा अन्य काम गर्ने ।

नक्शा शाखा

  • नगरपालिका क्षेत्र भित्र निर्माण भएका संरचनाहरुबारे आवश्यक जानकारी लिने ।
  • नगरपालिका क्षेत्र भित्र निर्माण भएका संरचनाहरुको नक्सापास गरीदिने ।
  • विना नक्सापास गरी निर्माण भएका संरचनाहरुलाई नक्सापास गर्नको लागी ताकेता पत्र लेख्ने ।
  • नक्सा नामसारी, प्रतिलिपी तथा नविकरण गरीदिने ।
  • कार्यकारी अधिकृतको निर्देशनमा अन्य काम गर्ने ।

पन्जिकरण शाखा

  • व्यक्तिगत घटना दर्ता सम्बन्धी कार्य स्विकृत ढांचाको फाराममा दर्ता रेकर्ड उतार गरी समयमैसम्बन्धित निकायमा पठाउने काम ।
  • नगरपालिकाहरुका लागि घटना दर्ता फारामहरु उपलव्ध गराउने र आवश्यक निर्देशन पठाउनेकाम ।
  • नेपाल सरकारले समय समयमा दिने पंजिकरण सम्बन्धी निति निर्देशन स्थानियपन्जिकाधिकारीहरुलाई समयमै जानकारी गराउने काम ।
  • सामाजिक सुरक्षा सम्बन्धी काम ।
  • प्राप्त पन्जीकरण सम्बन्धी सूचनालाई विश्लेष्ण गरी योजना प्रणालीमा उपयोगी बनाउने ।
  • सरसफाई तथा वातावरण उपशाखानगरपालिका क्षेत्र भित्र सरसफाईको लागी पहल गर्ने ।
  • नगरपालिका क्षेत्र भित्र रहेको ढल नालीसरसफाईको लागी स्विपर परिचालन गर्ने ।
  • बेवारिस लास सदगतको लागी स्विपर परिचालन गर्ने ।
  • वातावरण मैत्रि स्थानीय शासन बनाउनको लागी आवश्यक सहयोग गर्ने ।
  • कार्यकारी अधिकृतको निर्देशनमा अन्य काम गर्ने ।
  • विद्युतुत इकाईनगपालिका क्षेत्र भित्र सडक बत्ति जडान गर्ने।
  • नगरपालिका क्षेत्र भित्रका सडकबत्तिको रेखदेख तथा मर्मत संभार गर्ने ।
  • नगरपालिका क्षेत्र भित्र लाईन विस्तार गर्ने ।
  • विद्यूत सम्बन्धि अन्य कार्यहरु गर्ने ।
  • कार्यकारी अधिकृतको निर्देशनमा रहि अन्य कार्य गर्ने ।

सहयोगी कक्ष

  • कार्यालय आउनेव्यक्तिहरुलाई कुन शाखा, उपशाखा, इकाई तथा पदाधिकारीसंग सम्बन्धित कामछ सोधी बुझी समबन्धित ठाउंमा जान सहयोग गर्ने ।
  • कार्यालयसंग सम्बन्धित कामको विषयमा जानकारी लिन चाहने व्यक्तिहरुलाई आफुले जानेबुझे सम्मको जानकारी दिने र निजले चाहे अनुसारको विस्तृत जानकारीको निम्ति सम्बन्धितस्थानका पठाउने ।
  • बृद्ध अशक्त, अपांग, बालबालिका, महिला आदिलाई निजहरुको काम र चाहेको सेवा सुविधा बारेजानकारी लिई उनीहरुको कामलाई अग्राधिकार दिन सम्बन्धित शाखा, उपशाखामा पुर्याईसहयोग गर्ने ।
  • कार्यालयमा आउने व्यक्तिहरुसंग शिष्टता र नम्रतापुर्वक मित्रवत व्यवहार गरी उसको समस्यासुन्ने., मागेको सामान्य जानकारी दिने र निजको काम र समस्या अनुसार सम्बन्धित ठाउंमापठाउने ।
  • कार्यालयमा आउने व्यक्तिहरुलाई उनिहरुको सम्बन्धित कममा केही समय पर्खाउनु परेमा
  • प्रतिक्षालयमा बस्न लगाउने र कामसंग सम्बन्धित पदाधिकारी तथा कर्मचारी आएपछि वाफुर्सद भएपछि जानकारी गराई काम पुरा गनृ सहयोग गर्ने ।
  • कार्यालयमा आउने व्यक्ति व्यवहार चालचलन संकास्पद लागेमा तत्काल कार्यकारी अधिकृतलाईजानकारी गराउने ।
  • कार्यालय प्रमुखले तोके बमोजिम अन्य कार्यहरु गर्ने