समाचार
विदुर नपाकाे सिमा विस्तार तथा नुवाकाेट जिल्लामा अन्य सात नगरपालिकाकाे लागि प्रस्ताव सम्वन्धमा
मन्त्रालयको पत्रानुसार २०७२ माघ २९ गते जि वि स नुवाकोटमा भएको सर्वदलीय र सरोकारवालाबीचको बैठकले नुवाकोट जिल्लामा २४ वटा गाविसलाई गाभेर सातवटा नगरपालिका बनाउने र तत्कालिन विदुर नपाकाे सिमालाइ विस्तार गर्न सक्ने प्रस्ताव मन्त्रालयमा पठाएकाे छ । हाल जिल्लाकाे एकमात्र नगरपालिका विदुर नपा २०४३ मा गठन भएकाे हाे ।
सूचना!!!! सूचना!!!!! सूचना!!!! (2076/02/07)
विदुर नगरपालिका क्षेत्रभित्र घर, टहरा निर्माण गर्दा विदुर नगर कार्यपालिका कार्यालयबाट घर निर्माण ईजाजत पत्र लिएर मात्र घर, टहरा निर्माण गर्नहुन अनुरोध छ । अन्यथा घर, टहरा निर्माण गरी नक्शा पास गर्न आएमा नक्शा पास नहुने व्यहोरा नगरवासीहरुमा जानकारी गराउँदछौँ । साथै यो सूचनालाई अवहेलना गरी निर्माण कार्य गरेको पाईएमा नगरपालिकाको नियम अनुसार कारबाही गरिने व्यहोरा समेत नगरवासीहरुमा जानकारी गराउँदछौँ ।
नगर प्रमुख