Flash News

यस बिदुर नगरपालिकाको १६ औ नगर परिषद सम्पन्न

मिति २०७२/०९/१६ गतेका दिन यस बिदुर नगरपालिकाको १६ औ नगर परिषद सम्पन्न भएको छ, कार्यक्रमको अध्यक्षता नगरपालिकाका प्रमुख एवं कार्यकारी अधिकृत प्रेम कुमार रसाइली, प्रमुख अतिथि माननीय प्रमुख जिल्ला अधिकारी, विशिष्ट अतिथिहरुमा स्थानीय विकास अधिकारी, तालिम केन्द्रका प्रमुख सेनानी, जिल्ला प्रहरी प्रमुख तथा अतिथिहरुमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, कार्यालय प्रमुखहरु, विभिन्न संस्थाका प्रतिनिधिहरु, पत्रकार, सामाजिक परिचालक तथा अन्य सर्बसाधारणहरुको उपस्थिति रहेको थियो. कार्यक्रममा आगामी आर्थिक वर्षका ०७३/७४ को लागि नीति तथा कार्यक्रम तथा बजेट कार्यक्रमका अध्यक्ष तथा कार्यकारी अधिकृत प्रेम कुमार रसाइलीले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा बिभिन्न बक्ताहरुले नीति तथा कार्यक्रमको बारेमा आ-आफ्नो धारणा तथा सुझाब प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा उत्कृष्ट करदाता तथा कर्मचारी लाई सम्मान गरिएको थियो । कार्यक्रमको संचालन लेखा अधिकृत केशव वहादुर श्रेष्ठले गर्नु भएको थियो ।